प्रधानमन्त्री केपी शर्मा ओलीले जायज मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै नेपाली जनतालाई रुवाउने काम नगर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रलाई असर गर्ने तथा नेपाली जनताको शीर निहुराउने काम गर्ने नगर्ने उनले बताए । नेपाल सम्बतको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- सानो देश भए पनि कहिल्यै दासता स्वीकार गर्न बाध्य भएन । यो स्वाधीन, सार्वभौमसत्ता सम्पन्न देश हो । यो सगरमाथाको देश हो । यो शीर निहुराउन जान्दैन ।