प्रमुख दल र मधेसी मोर्चाबीच आज भएको वार्ता विनानिश्कर्ष टुङ्गिएको छ । मधेशी मोर्चासँग पहिलो पटक नेपाली कांग्रेससहित तीन प्रमुख दलका नेताहरुले वार्ता गरेका हुन् ।
सिंहदरवारमा भएको वार्तामा मधेसी मोर्चाका नेताहरुले प्रदेशहरुको सीमांकनको विषयमा पुनर्विचार नगरेसम्म आन्दोलन जारी रहने अडान राखेका थिए ।
यस्तै, तीन दलका नेताहरुले संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रियामा सहयोग गर्न र आन्दोलन रोकेर वार्तालाई निश्कर्षमा पुर्याउन भूमिका खेल्न आग्रह गरेका थिए ।
वार्तामा कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी थिए । इमेजखबरमा समाचार छ ।