अत्याधिक चिसो बढेपछि उपल्लो मुस्ताङमा सञ्चालित विद्यालय बन्द भएका छन् । पाँच गाविसमा सञ्चालित १९ विद्यालयका करिब दुई सय विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न कास्कीको पोखरालगायत क्षेत्रमा झरेका छन् ।
कात्तिक दोस्रो सातादेखि फागुन महिनासम्म हिमपातसँंगै अत्यधिक चिसो हुने भएकाले हरेक वर्ष उक्त अवधिमा विद्यार्थी बेँसी झर्ने गर्छन् ।
छोन्हुपमा सञ्चालित छ, छोसेरका दुई, छुसाङ र चर्राङ र लोमान्थाङका एक