सार्वजनिक बसको भाडा ३० प्रतिशतले वृद्धि

इन्धन अभावलाई देखाउँदै यातायात व्यवसायीले सार्वजनिक बसको भाडा बढाउने तयारी गरेका छन्। सरकारले सहज इन्धन उपलब्ध नगराउदा महङ्गोमा इन्धन खरिद गरी यातायात सञ्चालन गर्नुपरेकाले भाडा बढाउने तयारी गर्नुपरेको व्यवसायीहरुले पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्। 
 
पृथ्वी राजमार्ग बस व्यवसायी समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि अहिलेको भाडा दरमा ३० प्रतिशत भाडा बढ्ने  जानकारी दिए। यातायात व्यवसायीले राखेका माग एक साताभित्रै पुरा नगरे ३० प्रतिशत भाडा बढ्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताए । सहज रुपमा इन्धन पाए संख्या घटाएर भएपनि पुरानै भाडादरमा यातायात सेवा सञ्चालन गर्न आफूहरु तयार रहेको अधिकारीले बताए । 
 
व्यवसायीहरुले इन्धनका लागि प्रतिलिटर २-३ सय रूपैयाँ तिर्न बाध्य भएका छन्,  अधिकारीले भने,  प्रचलित मूल्य भन्दा चार दोब्बरमा इन्धन खरिद गरी विविध किसिमको समस्याहरुको सामना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्दासमेत राज्यबाट कुनै सहयोग नगरेको पृथ्वी राजमार्ग बस व्यावसायीक समितिका अध्यक्ष एनकुमार साईले बताए । सेतोपाटीमा समाचार छ ।