पूर्वी नाका काँकडभिट्टाबाट २२ ट्यांकर इन्धन भित्रिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मंगलबार १० र सोमबार राति १२ ट्यांकर इन्धन भित्रिएको छ । जसमा पेट्रोल चार ट्यांकर, डिजेल १६ ट्यांकर, मट्टितेल र हवाई इन्धन एक-एक ट्यांकर रहेको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
सोही अवधिमा भारत र तेस्रो मुलकबाट गरी ९० ओटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् । रासस