झापा, मोरङ र सुनसरीलाई १ नम्बर प्रदेशमै कायम राख्नुपर्ने माग राखेर आज बिराटनगरमा दबाब मुलक र्याली निकालिएको छ ।
प्रस्तावित १ नम्बर प्रदेशबाट मोरङ, सुनसरी र झापालाई अलग गर्न नहुने भन्दै विराटनगरबासीले दबाबमुलक र्याली निकालेका हुन् । बृहत नागरिक समाज मोरङको आयोजनामा निकालिएको र्याली जनआन्दोलन चोकबाट शुरु भई जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्याली पश्चात स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी गणेश कार्कीमार्फत प्रधानमन्त्री केपी शर्मा ओेली, संविधानसभा अध्यक्ष ओनसरी घर्तीमगर, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र समेत पठाएका छन् । इमेजखबरमा समाचार छ ।