पुनर्निर्माण प्राधिकरण गठन नभएसम्म त्यसले गर्ने सबै काम योजना आयोग मार्फत गर्ने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले प्राधिकरण विधेयक पारित नभएसम्म योजना आयोग मार्फत काम गर्ने निर्णय गरेको हो ।
यस्तै तातोपानी र रसुवागढी नाका जोड्ने सडकको तत्काल स्तरोन्नती गर्न सम्बन्धित मन्त्रालयलाई मन्त्रिपरिषदले निर्देशन दिएको छ भने आपूर्ति व्यवस्था सहज बनाउनका लागि प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यसैगरी आन्दोलनरत मधेसी दलहरुसँग नयाँ शिराबाट वार्ता गरी निकास खोज्ने पनि सरकारले बताएको छ । इमेजखबरमा समाचार छ ।