बुटवलमा ७ महिना पछि सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन खुल्ला हुने भएको छ ।
बैशाख महिनामा खुलेको लाईसेन्स यहि मंसिर ६ गते देखि खुल्न लागेको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमपति पत्र कार्यालयका अनुसार मंसिर ६ गते देखि पुस मसान्त सम्म लाईसेन्सको आवेदन तथा ट्रायल खुल्ला रहनेछ ।
बैशाखमा खुल्ला भएको लाईसेन्स साउन महिना सम्म ट्रायल सञ्चालन गरी ५ हजार ५ सय ३ जनालाई लाईसेन्स वितरण गरिएको थियो । मोटरसाईकल, स्कुटरका लागि १९ हजार ६१ ज्ना मध्ये ५ हजार ५ सय ३ जनालाई लाईसेन्स वितरण गरिएको कार्यालयका प्रमुख वेद प्रसाद अर्यालले जानकारी दिए ।
साउन पछि अन्य वर्गका सवारीको ट्रायल गराउने भन्दै कार्यालयले बीचको समयमा लाईसेन्स वितरण गर्न सकेको थिएन । मंसिर ६ गते बाट खुल्ला हुने लाईसेन्समा मोटरसाईकल, कार, जीप, ई रिक्सा, ट्याम्पो, ट्याक्टर, ट्रेनका लागि आवेदन खुल्ला रहनेछ । यस अघि कार तथा जीपका लागि ट्रायल हुने स्थानको अभाव भएपनि ई रिक्सा, ट्याम्पो, ट्याक्टर र ट्रेनका लागि आवश्यक पुर्वधार अभावका बीचमा पनि लाईसेन्सका लागि आवेदन खुल्ला गर्न लागिएको हो ।
कार्यालय प्रमुख अर्यालले मंसिर ६ गते कार तथा जीपका लागि आवेदन खुल्ला गरिएको बताए । विहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र आवेदन दर्ता गर्न सकिने छ । त्यस्तै ९ गते ई रिक्सा, ट्याम्पोका लागि आवेदन खुल्ला गरिने उनको भनाई छ ।
यसैगरी मंसिर १३ गते मोटरसाईकल, १५ गते स्कुटर, २० गते ट्याक्टर तथा २७ गते टे