संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै विराटनगरमा दुई वटा बसमा तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताले शनिबार बिहान पौन ६ बजे विराटनगरको घाँस चोकमा यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
विराटनगरबाट झापा गइरहेको ना ३ ख ४९१९ र को १ ख १७६५ नम्बरको बसमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।
गुडिरहेको बसमा ढुंगा प्रहार गरी तोडफोड गरिए पनि यात्रुहरु भने सकुशल छन् । दुवै बसको अगाडीको सिसा फुटेका छन् । इमेजखबरमा समाचार छ ।