नयाँ शक्ति गठन गर्ने अभियान संचालन गर्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज राजधानी काठमाडौंमा भेला आयोजना गरेका छन् ।
एमाओवादी पार्टी त्यागेका नेता तथा कार्यकर्ताहरुको दुई दिने भेला डाकेर भट्टराईले नयाँ शक्ति निर्माण अभियान को शुभारम्भ भएको बताए । भेलाको उद्घाटन गर्दै भट्टराईले नयाँ शक्ति कम्युनिष्ट वा अन्य कुनै वादमा आधारित दलको परिवर्तित रुप नभएर नयाँ बिचार, नयाँ सिद्धान्त र नयाँ कार्यक्रमको पार्टी बन्ने दाबी गरे ।
१० वर्षभित्र गरिबी अन्त्य, २० वर्षभित्र विकासको चरण र ४० वर्षमा देशलाई आर्थिक सम्बृद्धिको चरणमा पुर्याउनका लागि नयाँ शक्ति बनाइने भट्टराईको दाबी थियो ।
नयाँ शक्ति निर्माण अभियानलाई विभिन्न दलका नेताहरु लगायतले शुभकामना दिएका थिए । उद्घाटन लगत्तै बन्द शत्र शुरु भएको भेलामा जिल्लाबाट आएका भट्टराई समर्थक पूर्व माओवादीहरुको सहभागिता रहेको छ । इमेजखबरमा समाचार छ ।