पूर्वपश्चिम राजमार्गमा अर्न्तगत महोत्तरी धनुषा,सर्लाही र रौतहटमा दुई हजारभन्दा बढी सवारी साधान अलपत्र, यात्रुको विजोग

सप्तरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भए लगतै पूर्वपश्चिम राजमार्गमा अर्न्तगत महोत्तरी धनुषा,सर्लाही र रौतहटमा गरी दुई हजारभन्दा बढी सवारी साधान अलपत्र परेका छन्।
 
रातीको सवारी स्कर्टिङ रोक्न गाउँ गाउँबाट राजमार्ग भेला भएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच सप्तरीको भारदह र रुपनीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भए लगतै रातको समयमा चल्ने सवारी अवागमनमा ठाउँ ठाउँमा अवरोध भएपछि धनुषाको बडहरीदेखि महोत्तरीको रातु पुल र बाँके पुलसम्म तथा सिन्धुली सडक खण्डमा एक हजार पाँच सय  रात्रि वस , जिप ,मालवाहक ट्रक लगायतका सवारी साधन अलपत्र परेका छन। 
 
ती सवारी साधनहरुमा सवार यात्रुहरुको भने विजोग भएको छ। राजधानी काठमाडौं लगायत देश मुख्य सहरबाट पूर्व हिँडेका सवारीहरु महोतरीको बर्दिवास,धनुषाको लालगढ, बडहरि खोला, रौतहटको चपुर र सर्लाहीको लालबन्दीमा रोकिएका छन्।
इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रमेश पन्डितका अनुसार महोत्तरी र धनुषामा पन्ध्र सयसय सवारी साधन रोकिएका छन।सर्लाहीका डीएसपी रमेश खडकाका अनुसार लालबन्दीमा दुई सय बढी सवारीहरु तथा चपुर इलाका प्रहरी कर्यालयका डीएसपी मनोज यादवलका अनुसार चपुरमा पनि डेढ सय सवारी साधन रोकिएका छन्।
 
गन्तवय तर्फ हिँडेका यात्रुहरुबीच बाटोमै रोकिनु पर्दा अप्ठेरोमा परेको यात्रुहरुले बताएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने सिरहाको लहान, धनुषाको ढल्केवर र महोत्तरीको वर्दिवास लगायत दर्जनौ ठाउँमा मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले सडक जाम गरेर सरकार विरुद्ध प्रर्दशन गर्न थालेपछि यात्रुहरु बिचल्लीमा परेका हुन्। 
 
बर्दिवासका गरिव तथा विपन्न समुदायकाहरुले सय दिनदेखिको बन्द हडताल र नाकाबन्दीका कारण आफूहरुको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै मसनघटामा चक्का जाम गर्दै सरकार विरुद्ध प्रर्दशन गर्न थालेपछि बर्दिवास क्षेत्रमै सवै भन्दा बढी सवारी साधनहरुको लामो कतार लागेको हो। 
 
रातभर बसमै विताएका यात्रुहरुलाई खान खान सम्मको समस्या भोग्नु परेको यात्रुहरुले बताएको छ। नाकाबन्दीले पेट्रोलियम पदार्थलगायत उपोग्य सामग्रीको आपूर्ति हुन नसक्दा यस वरपरका होटलहरु बन्द भएका छन। जसका कारण यात्रुहरु दोहोरो मारमा परेका छन। यात्रुहरुले आफूहरु भोकभोकै बस्नुपरेको बताएका छन्। सेतोपाटीमा समाचार छ ।