उप्रधानमन्त्री चित्रबहादुर केसीद्धारा हिमाल, पहाड र तराई छुट्याउने गरी प्रदेश विभाजन गर्न नसकिने उल्लेख

उप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले हिमाल, पहाड र तराई छुट्याउने गरी प्रदेश विभाजन गर्न नसकिने बताएका छन् ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी दलको मागबमोजिम केही जिल्लाको अलग्गै प्रदेश बनिसकेको र तराईका सबै २२ जिल्ला छुट्याउन नसकिने बताए ।
तराईलाई पहाडबाट अलग गराउने सुनियोजित उद्देश्यअनुरुप नै तराईमा आन्दोलन भएको आरोपसमेत उनले लगाए ।
विगतका सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको, कृषि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह नगरेको र आत्मनिर्भरताका लागि आधार खडा नगरेकाले शक्ति केन्द्रहरुले सानो राष्ट्रलाई हेपेको उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।