भारतको अघोषित नाकाबन्दीले पर्यटन क्षेत्र अस्तव्यस्त बनेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
पोखरामा शुक्रबार आयोजित कार्यक्रममा पर्यटन व्यवसायीहरुले अभावै अभावले पर्यटन क्षेत्र गुज्रिरहेको बताए । अभावको बेला कालोबजारी मौलाएको र त्यसलाई रोक्न स्थानीय प्रशासनले नसकेको व्यवसायी गणेशबहादुर भट्टराईले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले माग र आपूर्तिको व्यवस्थापन नहुँदा बजारमा कालोबजारी मौलाएको सहजै स्वीकार गरे ।
भूकम्पपछि गठित भूकम्पपीडित राहत संकलन तथा वितरण पर्यटन समितिले संंकलन गरेको ३० लाख रुपैयाँको राहत सामाग्री भूकम्पपीडितलाई वितरण गरेको जनाएको छ । इमेजखबरमा समाचार छ ।