भैरहवा-सुनौली नाकाबाट ६ बुलेट ग्यास भित्रिए

भारतको नाकाबन्दीका कारण शनिबार पनि नेपाल-भारत सीमानाकाहरुबाट आयात प्रभावित बन्यो ।
शनिबार दिनभरमा विराटनगर जोगबनी नाकाबाट ८ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोलसहित ९५ ओटा मालबाहक गाडी नेपाल भित्रिए ।
यसअघि, शुक्रबार राति यो नाकाबाट १६ ट्यांकर पेट्रोल, २३ बुलेट ग्यास र २४ ट्यांकर डिजेल नेपाल भित्रिएको थियो ।
काँकडभिट्टा-पानीट्यांकी नाकाबाट भने शनिबार कुनैपनि इन्धनका गाडीले प्रवेश पाएनन् ।
यस्तै, भैरहवा-सुनौली नाकाबाट शनिबार दिनभरमा ६ बुलेट ग्यास र धनगढीको गौरीफन्टा नाकाबाट ७ ट्यांकर डिजेलसहितका मालबाहक गाडी नेपाल भित्रिए ।
यस्तै, नेपालगन्ज-रुपैडिहा नाकाबाट पनि केही मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् ।
वीरगन्ज-रक्सौल नाका भने अझै ठप्पै छ । इमेजखबरमा समाचार छ ।