उपप्रधानमन्त्री चित्रबहादुर केसीद्धारा भूकम्पपीडितहरुका लागि राज्यले यथेष्ट सहयोग दिन नसकेको स्वीकार

उपप्रधान तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भूकम्पपीडितहरुका लागि राज्यले यथेष्ट सहयोग दिन नसकेको स्वीकार गरेका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले संसद अवरुद्ध भएकाले पुनःनिर्माण प्राधिकरण विधेयक अघि बढ्न नसक्दा भूकम्पपीडितका लागि अरुले दिएको रकमसमेत सरकारले व्यवस्थित गर्न नसकेको बताए ।
कार्यक्रममा भूकम्पपीडित महासंघ नेपालका अध्यक्ष सोमप्रसाद पाण्डेले भूकम्पपीडितका लागि आएको सहयोगलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै २९ बुँदे माग अघि सारे ।
२९ बुँदे मागमा भू-उपयोग नीति लागू गर्दै एकीकृत बसोबासको ग्यारेन्टी गर्नुपर्ने, घर डिजाइनसहित प्राधिकरण गठन गर्नुपर्ने, भूकम्पपीडितहरुका लागि छुट्याइएको रकम १० हजारबाट बढाएर २५ हजार रुपैयाँ पुर्‍याउनुपर्नेलगायत रहेका छन् । इमेजखबरमा समाचार छ ।