सिन्धुलीको कमलाखोंचस्थित दुधौंलीमा जंगली हात्तीले आतंक मच्चाउँदा जनजीवन प्रभावित

सिन्धुलीको कमलाखोंचस्थित दुधौंली नगरपालिकामा दुई दिन यता जंगली हात्तीले आतंक मच्चाउँदा जनजीवन प्रभावित बनेको छ ।
चारवटा जंगली हात्तीले दुधौली नगरपालिका-११ बस्ने देशी माझीको घर भत्काएको छ भने करिब ३० मुरी धान खाइदिएको छ ।
रातको समयमा धनुषा र सिरहा जिल्लाको गोदार र चिसापानी हुँदै कमला नदीको किनारै किनार आएका हात्ती सिन्धुली जिल्लामा प्रवेश गरेर आतंक मच्चाउन थालेपछि स्थानीय प्रशासनले कमलाखोंचमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
दुधौंली नगरपालिकालगायत सिथौंली, रानीवास र निपाने गाविसका बासिन्दाले समेत रातको समयमा गस्ती गर्न थालेका छन् ।
 साल र सिसौंको जंगल भएको सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रमा विगत वर्षमा पनि भारत हुँदै नेपालको पूर्वी क्षेत्रबाट आउने हात्तीको हुलले आतंक मच्चाई धनजनको नोक्सानी गराउँदै आएको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु