मधेसी मोर्चाका नेताहरु भारतीय दूतावास

 प्रमुख दलहरु र मधेसी मोर्चाबीच शुक्रबार हुने भनिएको वार्ता मधेसी मोर्चाको असहयोगका कारण हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजेका लागि बालुवाटारमा बैठक बोलाएकोमा मधेसी मोर्चाका नेताहरु बैठकमा गएनन् ।
सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु अपराह्न ४ बजे नै बालुवाटार पुगेर मोर्चाका नेताहरुको प्रतीक्षा गरेका थिए ।
तर, मोर्चाका नेताहरु भने बालुवाटार नगइ अचानक लैनचौरस्थित भारतीय दूतावास गएकाले वार्ता नभएको हो ।
उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरु दूतावासमा भारतीय राजदूत रणजित रायसँगको छलफलमा गएका थिए ।
मोर्चासँग छलफल हुन नसकेपनि प्रमुख दलहरुले भने मधेसी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले तीन बुँदे सहमति गरेका छन् ।
सहमतिअनुसार अघिल्लो सरकारले अघि बढाएको समावेशी सहभागिता र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संशोधन विधेयक अघि बढाउने निर्णय प्रमुख दलहरुले गरेका छन् ।
यस्तै, संघीय प्रदेशहरुको सीमांकनलाई राजनीतिक समितिमार्फत् तीन महिनाभित्र टुंग्याउने प्रस्ताव पनि प्रमुख दलहरुले अघि सारेका छन् ।
साथै, मधेसी मोर्चालाई प्रमुख चार दलले संयुक्तरुपमा वार्ताका लागि आह्वानसमेत गरेका छन् । – इमेजखबरमा समाचार छ ।