धादिङको चरौदी बजारमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा तीनजनाको घटनास्थलमै मृत्यु

पृथ्वी राजमार्गअन्र्तगत् धादिङको धुषा गाविस-१ चरौदी बजारमा सोमबार बस र माइक्रोबस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट धरानका लागि छुटेको ना५ख ७०८३ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग१ज ५४३५ नम्बरको माइक्रोबस तीब्र गतिका कारण ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परी तनहुँका ८० वर्षीय जनकराज आचार्य र १३ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको छ । मृतक अर्का एकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा तनहुँ चिउदी-३ का प्रेमराज आचार्य, सुशान्त आचार्य र तनहुँ-१२ भन्ज्याङकी पार्वती श्रेष्ठ घाइते भएका छन् ।
घाइतेमध्ये प्रेमराज आचार्य र सुशान्त आचार्यको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको र पार्वती श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।