भारतले नेपालको स्वाधिनता र सम्प्रभुतालाई सम्मान गरेर मात्र नेपालको राजनीतिक संकट सामधान: डीपी त्रिपाठी

राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले भारतले नेपालको स्वाधिनता र सम्प्रभुतालाई सम्मान गरेर मात्र नेपालको राजनीतिक संकट सामधान हुने बताएका छन्।
 
भारतीय राज्यसभामा नेपालप्रतिको भारतीय रवैयाको चर्को आलोचना गर्दै त्रिपाठीले भने-संसारको कुनै पनि देशको संविधान पूर्ण हुँदैन। यसलाई सम्प्रभु जनताले यसलाई परिमार्जन गर्दै जान्छन्।
नेपालमा हामीले यस्तो अवस्था सृजना गर्नुहुन्न जसको कारण समस्या सामधानको  आशा नै सकियोस उनले भने।
 
भारतीय विदेश नीतिको खण्डन गर्दै त्रिपाठीले भारतले नेपालमा समस्या समाधानका लागि हैन बरु भारतीय भूमिकाले नेपालमा समस्या समाधानको आशा नै मेटिन स्थिति पैदा भएको भन्दै  चिन्ता व्यक्त गरे।
उनले प्रश्न गरे भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले नेपाल भ्रमण गर्दा ठुलो सम्मान पाए, कहाँ हरायो त्यो सम्मान?
 
उनले भारतले नेपलमा हस्तक्षेप होइन समाधानका निम्ति ऐक्यबद्धता ब्यक्त गर्नु पर्ने बताए। समाधानका लागि भारतले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
 
नेपालमा भएको राजनीतिक समस्याका बरेमा उनले भने – नेपलमा कुनै पनि प्रमुख राजनीतिक दल छैन जसमा मधेसी उच्च ओहोदामा  नपुगेका हुन्। निवर्तमान राष्ट्रपति रामवरण यादव मेरा आफ्नै साथी हुन, उनले भने।
 
उनले सात प्रमुख नाकामध्ये सबैलाई आन्दोलनकारीले बन्द नगरे पनि किन भारतबाट नेपाल आपूर्ति सहज हुन सकेको छैन भनी प्रश्न गरे।
 
उनले युनिसेफलाई उदृत गर्दै पाँच वर्ष मूनिका लाखौं बालबालिकाहरु यस मानविय संकटबाट गुज्रिरहेको कुरालाई चर्को रुपमा उठाए।
– सेतोपाटीबाट