भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु पहिले आफैं मानसिक भ्रष्टाचारबाट मुक्त हुनुपर्ने: प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु पहिले आफैं मानसिक भ्रष्टाचारबाट मुक्त हुनुपर्ने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि आफ्नो पार्टीका नेतासमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेकोप्रति असन्तुष्ट बनेको संकेत गर्दै ‘भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका संस्थाहरु पहिले आफैं मानसिक भ्रष्टचारबाट मुक्त हुनुपर्ने’ बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु स्वच्छ भएमात्र भ्रष्टाचार नियन्त्रणको अभियान प्रभावकारी बन्नेसमेत बताए ।
प्रधानमन्त्री ओलीले देश अहिले गम्भीर संकटमा रहेकाले भ्रष्टाचार नगर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।
सभा तथा कार्यक्रमहरुमा भ्रष्टाचारविरुद्ध भाषण गर्ने तर व्यवहारमा भ्रष्टाचार गरिरहने प्रवृति रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइनेसमेत बताए । इमेजखबरमा समाचार छ ।