सरकारले सुशासनको अवस्थालाई थप सुदृढ बनाउनेसम्बन्धी दुई वर्षे तत्काल सुधार कार्ययोजना २०७२ लागू गर्ने भएको छ ।
विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुधार कार्ययोजनालाई स्वीकृत गरी चाँडोभन्दा चाडो कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिमार्णका लागि जापान सरकारले दिने ३ अर्ब ४४ करोड ८० लाख सहायता रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, चीन सरकारबाट प्राप्त हुने १४ अर्ब ९४ करोड आर्थिक सहायता स्वीकार गरी अरनिको राजमार्ग, तातोपानी-धुलिखेल सडक निमार्णमा खर्च गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा पूर्वाधार आयोजना अनुगमन निर्देशन उच्चस्तरीय समिति पनि गठन गरेको सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए । इमेजखबरमा समाचार छ ।