अभागी बाबु: युरोप पस्ने क्रममा एक बाबुले सातजना छोराछोरीसहित र पत्नीलार्इ एकसाथ गुमाए

समाचार स्रोत: एजेन्सीबाट 
सिरियामा दुर्इ वर्षदेखि जारी भीषण गृहयुद्धबाट जोगिन भागेर युरोप पस्ने क्रममा एक बाबुले सातजना छोराछोरीसहित र पत्नीलार्इ एकसाथ गुमाएका छन् । 


युद्धबाट जोगिन समुद्री मार्गबाट भागेर युरोप पस्ने क्रममा यी सिरियाली बाबुबले २० दिनदेखि ९ वर्षसम्मका छोराछोरीलार्इ एकैपटक गुमाएका हुन् । 
 
सिरियाबाट ज्यान बचाएर कलिला सन्तान र पत्नीसहित डुंगामा चढेर युरोप पस्ने क्रममा पुरा परिवार समुद्रमा डुब्दा उनले सबै सन्तान गुमाउन पुगेका हुन् । 
 
डुंगा समुद्रमा डुबेपछि सिरियाली नागरिक अल साहोका सातजना प्यारा छोराछोरी र पत्नीको समुद्रमा डुबेर ज्यान गएको हो । 
उनी सपरिवार सिरियाबाट भागेर युरोप पस्न खोज्दा परिवारबिहीन बन्न पुगे । ‘हामी समुद्रको बीचमा थियाैं हामी जलसीमा क्षेत्रबाट बाहिर निक्लिसकेका थिएनाैं । त्यहीबेला अग्लो समुद्री लहच चल्यो र डुंगा फुट्न पुग्यो । पानी हाम्रो डुंगामा भरिन थाल्यो र हामी सवार डुंगा डुब्यो ।

 

मेरी पत्नी र सबै छोराछोरी डुंगाको च्याम्बरमा थिए । डुंगा डुबेपछि मैले चारजना छोराछोरीको शव शवगृहमा देखेँ, उनले आँखाभरी आँस बनाउँदै भने, तर मेरी पत्नी र बाँकी छोराछोरीको शव अझै देखेको छैन । मैले उनीहरूलार्इ सदाका लागि गुमाएँ । मेरा छोराछोरी नै मेरा सबथोक थिए । मैले आफ्नो सबथोक गुमाएँ । म यो दुनियाँबाट अब केही चाहन्न ।
 
उनले आफ्नी पत्नीलार्इ दुनियाँकी सबैभन्दा प्यारी पत्नीकारूपमा स्मरण गरे । मेरी पत्नी दुनियाँकी सबैभन्दा प्यारी पत्नी थिइ, उनले सुनाए, उनी धेरै इमान्दार र समर्पित थिइन् । म उनलार्इ सबथोक दिन तयार थिएँ । मैले उनलार्इ जोगाउनकै लागि युरोप लान खोजेको थिएँ तर आज मसँग केही पनि बाँकी रहेन ।


समाचार स्रोत: एजेन्सीबाट