भारतमा पहिलोपटक ‘बुलेट ट्रेन’ चलाउनका लागि जापानले सम्झौता गरेको छ ।
भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापछि जापानी प्रधानमन्त्री अबेले भारतमा पहिलोपटक बुलेट ट्रेन परियोजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले यो परियोजनाले भारतीय रेलमा नयाँ क्रान्ति ल्याउने र देशको विकासको गतिलाई तिव्रता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
दुई देशका प्रधानमन्त्रीबीच असैन्य परमाणु उर्जा, सुरक्षा, शिक्षा र अर्थव्यवस्थाका क्षेत्रमासमेत सहयोग गर्ने सहमति भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले भारत र जापानबीचको सम्बन्ध थप मजबुद बन्दै गएको बताएका छन् । उनले असैन्य परमाणु सम्झौता महत्वपूर्ण कुरा भएको बताए । (एजेन्सी)