पाल्पामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार छन् ।
कर्तव्य ज्यान, लागुऔषध, चोरी जस्ता विभिन्न अपराधमा संलग्नले तीन हजार वर्ष आठ महिना १० दिन कैद भुक्तानी गर्न र उनीहरुबाट रु ३६ लाख ३३ हजार ८८२ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालतका सूचना अधिकारी उत्तम सिलवालले बताए ।
फरार अभियुक्तमध्ये तानसेन नगरपालिकाभित्रका सबैभन्दा बढी छन् । अदालतको तथ्याङ्क अनुसार तानसेनका ३१, रामपुरका १६, पिपलडाँडाका ११, मस्यामका नौ, हुमिनका पाँच र खालिवन गाविसका ११ अपराधी फरार छन् ।
अदालतको फैसला कार्यान्वयनका लागि अदालतकै प्रहरी नहुनु, राजनीतिक दलले समेत सहयोग नगर्नु, स्थानीय प्रहरी प्रशासनसँग समन्वय हुन नसक्नु जस्ता कारणले गर्दा अपराधी पक्राउ गर्न कठिन भएको बताइएको छ । (रासस)