मधेसवादी दलका सांसदहरुद्धारा व्यवस्थापिका-संसदको बैठक बहिस्कार

मधेसवादी दलका सांसदहरुले बुधबार व्यवस्थापिका-संसदको बैठक बहिस्कार गरेका छन् ।
संसद बैठक बहिस्कार गर्नेमा संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलसम्बद्ध सांसद रहेका छन् ।
संसदको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारले तराई-मधेसको समस्या समाधान गर्न तत्परता नदेखाएको आरोप लगाए ।
सांसद कर्णले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ मानवीय कानुन भएकाले सो विधेयक पारित गर्न दिन लागेको तर संविधान संशोधन विधयेकले तराई