यसवर्षको प्रवेशीका परीक्षा(एसएलसी) चैत १८ गतेदेखि हुने भएको छ । आज बसेको माध्यमिक शिक्षा उतिर्ण परीक्षा समितिले चैत्त १८ देखि २९ गतेसम्मका लागि परीक्षाको कार्यतालिका तय गरेको छ । यसअघि चैतको पहिलो हप्ता हुँदै आएको परीक्षा तराईमा जारी आन्दोलन र भूकम्पले विद्यालयहरुमा कक्षा प्रभावित भएकाले २ हप्ता सारिएको हो ।
साधारण तर्फ पहिलो दिन १८ गते अंग्रेजी, १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते समाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते दोस्रो एच्छिक विषयको परीक्षा तोकिएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ । ईकान्तिपुरमा समाचार छ ।
अब एसएलसीमा ‘डी’ वा त्योभन्दा कम ग्रेड ल्याउनले फेरि परीक्षा दिन पाउने
लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन पद्धति) अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको एसएलसी परीक्षा दिन पाउनेछन्।
शिक्षा मन्त्रालयले भर्खरै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि-२०७२ मा यसै वर्षदेखि एसएलसी परीक्षामा लागू गरिन लागेको लेटर ग्रेडिङ् प्रणालीअनुसार प्राप्त हुने श्रेणीमा विद्यार्थीलाई चित्त नबुझेमा पुनः मूल्याङ्कन गराउनसक्ने व्यवस्था रहेको छ।
लेटर ग्रेडिङ प्रणाली क्रमशः अन्य तह तथा कक्षामा समेत लागू गरिनेछ। यस क्रममा कक्षा १ देखि ७ सम्म लागू भएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा हाल कायम रहेको प्राप्ताङ्कको तीनवटा वर्गान्तरलाई उक्त प्रणालीमा कायम गरिएका वर्गान्तर सरह बनाई सिकाइका लागि मूल्याङ्कन प्रक्रियामा जोडिनेछ।
यसका लागि शिक्षा विभागले सहजीकरण गर्नेछ भने विद्यार्थी मूल्याङ्कनमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत नीति कार्यान्वयन गरी सहजीकरण र प्राविधिक सहयोगसमेत प्रदान गर्नेछ।
परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्नेछ भने यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक निर्देशन र समन्वय गर्नेछ। क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यान्वयनका बेला आवश्यक सहजीकरण र अनुगमन गर्नेछ।
लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ। ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ। ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात्