एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले माओवादीबाट सरकारमा सामेल भएका मन्त्री फिर्ता तत्काल नबोलाउने बताएका छन्।
रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले गृह मन्त्री शक्ति बस्नेतले गरेको गल्तीको आलोचना गरिसकेको र त्यस्तो गम्भीर प्रक्रियाको गल्ती नभएकाले कुनै पनि मन्त्री तत्काल फिर्ता नहुने बताएका हुन्।
उनले मधेश अन्दोलन नेपालको आन्तरिक समस्या भएकाले नेपाल भित्रबाटै समाधान हुन लागेको भन्दै मधेशबादी नेताहरु मधेशको मात्र नभई नेपालकै नेताको रूपमा प्रस्तुत भए समस्या छिट्टै समाधान हुने समेत बताए।
भारतले नाकाबन्दी मधेश अन्दोलनलाई देखाएर गरेको भन्दै उनले भारतसँगको सम्बन्धमा चिसोपन आएको बताए। उनले सम्बन्ध सुधारका पक्षमा कुटनीतिक तवरले दुबै देश लागि परेको भन्दै नेपालको आन्तरिक समस्या समाधान भए पनि नाकाबन्दी लगाउने वा नलगाउने उसमै भर पर्ने समेत टिप्पणी गरे।
अघोषित नाकाबन्दी पश्चात कालो बजारीको बिगबिगि बढेको र सरकारले नियन्त्रण गर्न लागि परे पनि सफल नभएकाले कालो बजारी गर्नेलाई समाजबाटै बहिष्कार गर्न समेत आग्रह गरे।
प्राधिकरण विधेक पारित भई सकेको र अव पुननिर्माणाको काम अघि बढ्ने भन्दै यसमा आन्दोलनरत पक्षले समेत सहयोग गरेकाले सफलता मिलेको बताए।
एमाओवादीको केन्द्रीय कमिटिको बठैकले नयाँ जनवादलाई लागू गर्न जोड दिएको बताए। उनले केन्द्रीय कमिटिका सदस्यको विचारलाई पूर्णरूपमा सुनवाई भएको, आएका रायहरुको ब्यापक छलफल गरि सकारात्मक पक्षका बिचारलाई पार्टीले कार्यान्वयनको पक्षमा लाने समेत दाबी गरे।
उनले पार्टी अध्यक्ष प्रचन्डले फरक विचारको सम्मान गर्न नसकेको भनाईहरू हल्ला मात्र भएको भन्दै अध्यक्षले सबै विचारको सम्मान गर्दै केन्द्रीय कमिटिको निर्णय अनुरुप काम गरेको बताए। सेतोपाटीमा समाचार छ ।