नेपाल विद्युत प्राधिकरणले पर्सी (शनिबार) देखि दैनिक १० घण्टा लोडसेडिङ गर्ने भएको छ।
अहिले दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको छ। प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले शनिबारदेखि हप्तामा ७० घण्टा लोडसेडिङ हुने जानकारी दिए।
सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोड सेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ। सेतोपाटीमा समाचार छ ।