संसदको राज्य ब्यवस्था समितिले प्रशासनिक सुधारका लागि तत्काल आवश्यक गृहकार्य गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले प्रशासनिक सुधारका लागि योजना बनाउन र विगतमा समितिले दिएका निर्देशन कार्यान्वन गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।
सेवाग्राहीलाई छिटो र भरपर्दो तरिकावाट सेवाप्रवाह गर्ने वातावरण तयार पार्न पनि समितिले मन्त्रालयलाई भनेको छ । बैठकमा सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्रशासनिक सुधारका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताइन् ।
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा सेवा प्रवाहमा समस्या भएको उनको भनाई थियो । इमेजखबरमा समाचार छ ।