झण्डै चार महिनाको बन्दपछि दुई साता अघिमात्रै खुलेको नवलपरासीको सदरमुकाम क्षेत्रमा आजदेखि फेरि बन्द आह्वान गरिएको छ ।
मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि परासी र जिल्लाको दक्षिणी भेगको जनजीवन प्रभावित बनेको छ ।
बजार र ग्रामिण क्षेत्रमा रहेका पसल, व्यवसाय, उद्योग, कलकारखाना, यातायात चल्न सकेका छैनन् । राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । इमेजखबरमा समाचार छ ।