प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुबीच भएको वार्ता सकारात्मक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुबीच आज भएको वार्ता सकारात्मक भएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको वार्तामा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा भाषागत त्रुटि सच्याएर अघि बढ्ने सहमति भएको हो ।
मोर्चाले राखेको नागरिकताका विषयमा पनि कांग्रेस लचिलो हुने भएको छ । सीमांकनका विषयमा भने अन्य दलसँग छलफल गरी ठोस धारणा तय गर्ने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
यसैगरी वार्तामा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेससँग भएको वार्ता सकारात्मक भएको तर ठोस निर्णय भने केही नभएको बताए । उनले संविधान संशोधन, नागरिकता, सीमांकनलगायतका विषयमा छलफल भएको र अन्य दलसँग थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।
कांग्रेस र मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयकका विषयमा अन्य दलसँग पनि छलफल गर्ने सहमति गरेका छन् । इमेजखबरमा समाचार छ ।