सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरको जानकी मन्दिर गएका बेला मधेशी मोर्चाका कार्यकर्ताले गरेको अपमानको चर्को विरोध गरेका छन्।
मधेशवादी दलका सांसदहरूको नारावाजीका बाबजुत बुधबार केही समय चलेको व्यवस्थापिका संसदको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रपति भण्डारीको अपमान गर्नेहरू माथि कडा कारबाही गर्न माग गरेका हुन्। संसद बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले राष्ट्रपतिमाथि जनकपुरमा गरिएको अपमान भत्सनायोग्य भएको बताए।
उनले व्यक्तिको नभई देशको समस्या भएकाले व्यक्तिमाथि नै अपमान गर्नु गलत भएको बताए। उनले राष्ट्रपतिलाई अपमान गर्नेलाई कडा कारबाही गर्न छोडेर सरकारले के हेरेको भन्दै सरकारको आलोचना समेत गरे। खतिवडाले कालोबजारी गर्नेहरूलाई सरकारले कारबाही गर्नुको साटो उनीहरूलाई प्रोत्साहन दिएको आरोप लगाए। उनले अख्तियारले १० करोड रुपैयाँ धरौटी माग्दा निलम्बित शसस्त्रका आइजीपी कोषराज वन्तले बुझाएको पैसाको स्रोत के हो? त्यो बाहिर ल्याउन माग गरे।
यसैगरी एमाले सांसद सुशीला नेपालले राष्ट्रपतिमाथि मोर्चाका कार्यकर्ताले गरेको अपमानको कडा बिरोध गरिन्। राष्ट्रपति जानकी मन्दिर जाँदा विधुवा महिला आइन् भनेर सुन पानी छर्ने काम भएको भन्दै उनले यस्तो कार्य महिलाको सम्मान र मानव सभ्यताविरुद्ध भएको बताइन्। उनले भनिन्,