बुधवार दिनभरमा भारतबाट १०३ ट्यांकर इन्धनसहित करिब ४५० वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
आज डिजेल ४४ ट्यांकर, ग्यास ४१ बुलेट, पेट्रोल १३ ट्यांकर र मट्टितेल ५ ट्यांकरसहित अन्य खाद्यान्न लगायतका गाडी नेपाल भित्रिएका हुन् ।
आज कांकडभिट्टा नाकाबाट १० ट्याङ्कर डिजल, १ ट्याङ्कर मट्टितेलसहित ३९ वटा मालवाहक गाडीमात्र नेपाल भित्रिएका छन् ।
यस्तै विराटनगर-जोगबनी नाकाबाट दिनभरमा २२ ट्यांकर डिजेल, ९ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास, ६ ट्रक औषधिसहित १८१ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा-सुनौली नाकाबाट आज दिनभरमा २८ बुलेट ग्यास, २ ट्यांकर पेट्रोलसहित १ सय ५७ वटा मालवाहक गाडी नेपाल भित्रिए ।
नेपालगञ्ज-रुपैडिहा नाकाबाट १२ ट्यांकर डिजेल, २ ट्याङ्कर पेट्रोल, ४ ट्याङ्कर मट्टितेल, ४ बुलेट ग्याससहित ७२ वटा मालवाहक गाडी नेपाल भित्रिए ।
उता, धनगढीको गौरीफन्टा नाकाबाट बिना अबरोध गाडी भित्रने क्रम जारी छ । तर वीरगन्ज