सर्लाही सदरमुकाम मलंगवा आज पनि दिनभर तनावग्रस्त बनेको छ । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच दिनभर सदरमुकाम मलंगवामा झडप भएको छ ।
आन्दोलनकारीले मलंगवास्थित सिँचाई र खानेपानी कार्यालयमा पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बमबाट सिँचाई कार्यालयमा पार्किङमा राखिएको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी रमेशकुमार खड्काले जानकारी दिए ।
आन्दोलनकारीले सिँचाई कार्यालयको १२ वटा झ्यालका सिसा समेत फूटाएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही शेल अश्रु ग्यास प्रहार गरेको थियो ।
आन्दोलनकारीले सर्लाहीको गोडैतामा रहेको रित्तो प्रहरी चौकीमा आगजनी गरेका छन् । इमेजखबरमा समाचार छ ।