सरकारले नेपाली सेनाका तीन महासेनानीको पदावधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली सेनाका महासेनानीहरु दिलीप बहादुर विष्ट, दिपक घले र ताराध्वज पाण्डेको पदावधि थप गर्ने निर्णय भएको हो ।
त्यसैगरी युरोपियन युनियनले पोषण सुधार कार्यक्रमका लागि दिने दुई अर्बभन्दा बढी अनुदान सहयोग रकम स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
त्यस्तै महिला बालबालिका कार्यालयका प्रमुखलाई बालकल्याण अधिकारी तोक्ने निर्णय गरेको संचारमन्त्री शेरधन राईले जानकारी दिए । इमेजखबरमा समाचार छ ।