हुम्लाको श्रीमष्ठा – दर्बीमा भएको आगलागीमा परी चार जनाको मृत्यु, सात जना गम्भीर घाइते

हुम्लाको श्रीमष्ठा गाबिसस्थित दर्बीमा बुधबार राति भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिकोटको लालु गाविस वडा नम्बर ८ का जया मिजार, नयाँ सुनार, मानबहादुर विक र वडा नम्बर ९ का गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमष्ठा-१ पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा उनिहरुको मृत्युभएको हो । आगलागीमा परेर अन्य सात जना गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई सेनाको हेलिकप्टर मार्फत विहीबार काठमाडौं ल्याईंदै छ । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् ।
बाटो खन्न कालीकोटबाट आएका कामदारले बनाएको खरको सानो झुप्रोमा राति कामदारले बालेको आगोको झिल्काबाट आगो लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नीरिक्षक ओम प्रसाद यादवले जानकारी दिए । इमेजखबरमा समाचार छ ।