थरुहट संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने निर्णय गरेको छ।
मेची महाकाली जनपरिचालन अभियानको अन्तिम दिन कैलालीमा बिहीबार बसेको समितिको बैठकले आन्दोलनलाई अझ सशसक्त बनाउने निर्णय गरेको छ।
बैठकले माघीकै दिन पारेर थरुहटको अलग्गै संविधान जारी गर्ने समेत निर्णय गरेको छ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा आमहड्ताललाई प्रभावकारी बनाउने, सरकारले सञ्चालन गरिरहेको जनताको संविधान, जनताको माझ कार्यक्रमको प्रतिरोध गर्ने लगायतका कार्यक्रम तय भएको उल्लेख छ।
समितिको बैठकले गृहप्रशासनले कालोबजारी रोक्न चासो नदेखाएको भन्दै कालोबजारीविरुद्ध कारबाही थाल्ने समेत निर्णय गरेको छ। सेतोपाटीमा समाचार छ ।