अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् । ईकान्तिपुरमा समाचार छ ।
ठोकर्पा-३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । आमालाई दमको रोग थियो, छोरा नेत्रबहादुर पहरीले भने, सुन्निएर बित्नुभयो । टोलमा अरू धेरै जना चिसोले सुन्निएको उनले बताए । अरू पनि केहीको मृत्यु भइसक्यो, उनले भने ।
तीन सातायता ठोकर्पा-३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । गाउँमा बिरामी पनि त्यतिकै छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए । स्थानीय अगुवा कृष्णबहादुर कार्कीले भने, गाउँका सबैजसो वृद्धवृद्धा र बालबालिका बिरामी छन् । उक्त वडामा १ सय २५ पहरी परिवार छन् । भूकम्पले घर भत्काएपछि उनीहरू सबैजसो छाप्रोमा छन् ।
टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । टहराभित्रै शीत पर्न थालेपछि उनीहरूलाई रोगले च्याप्न थालेको हो । स्कुले बालबालिकालाई ज्वरो आउने, घाँटी र टाउको दुख्ने समस्या जिल्लाभर देखिएको अस्पताल र स्वास्थ्य चौकीहरूले जनाएका छन् ।
ठोकर्पा-३ की गीतादेवी तिमल्सिनालाई फोक्सोको समस्या देखिएपछि उपचारका लागि राजधानी लगिएको छ । सोही ठाउँका लोकबहादुर खड्का सुन्निएकै अवस्थामा गाउँमै छन् । स्थानीय सूर्यप्रसाद न्यौपानेका अनुसार गाउँमा चिसोले बिरामी पर्नेको संख्या बढिरहेको छ ।
जस्तापातबाट शीत चुहिन्छ, स्थानीय ५२ वर्षीया कान्छी पहरी भन्छिन्,