अब खाना पकाउने बेलामा बत्ती आउँदैन, दैनिक ११ घण्टा बत्ति नआउने

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक एक-एक घण्टा बढाएको छ ।
सातामा ७० घण्टा हुँदै आएको लोडसेडिङ शुक्रबारदेखि ७७ घण्टा हुने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भूवन क्षेत्रीले सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढेको जानकारी दिए ।
प्राधिकरणले बिहीबार नै सार्वजनिक गरेको तालिकाअनुसार अब खाना पकाउनेबेलामा सातामा एक दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गरे पनि व्यवहारमा प्रयोग भएन ।
नाकाबन्दीले ग्यास अभाव भएकाबेला बिजुलीमा खाना पकाउने कामकाजीलाई झन कष्ट हुने भएको छ । ईकान्तिपुरमा समाचार छ ।