प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले मुलुकका सबैलाई अधिकार सम्पन्न बनाएको भन्दै संविधानबारे अनावश्यक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।
१२औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले समाजका सबै वर्ग, क्षेत्र, जाति, लिंग, समुदायको भावनालाई उच्च सम्मान गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको पहिचान र संस्कृतिको जर्गेना गर्न नेपालको ज्यापु तथा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा ज्यापु समुदायका विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । – इमेजखबरमा समाचार छ ।