विगत दस दिनदेखि निर्वाध चलिरहेको नेपालगञ्ज-रुपैडिया नाका आज विहानदेखि अवरुद्ध भएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकताले अवरोध गरेपछि आज ठूला सवारी साधन नेपाल प्रवेश गरेका छैनन् ।
बिहानैदेखि नाकामा अवरोध गर्न खोजिएपछि प्रहरीले रामकुमार दीक्षितसहित मोर्चाका ४ कार्यकर्तालाई पक्राउ गरेको प्रहरी निरिक्षक दीपेन्द्र पालले बताए ।
पक्राउपछि मोर्चाका कार्यकर्ताहरु अहिले दस गजामा जम्मा भएर अवरोध प्रयास गरिरहेका छन् । ईकान्तिपुरमा समाचार छ ।