विराटनगरस्थित रानी भन्सार नाका बन्द गर्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित केही नेता-कार्यकर्ता शनिबार घाइते भएका छन् ।
भारतबाट आएका महतो र सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवासहितका कार्यकर्ताले नाका ठप्प पार्न खोजेपछि नेपाल प्रहरीले हटाउन खोजेको थियो ।
तर, उनीहरु प्रहरीमाथि जाइलागेपछि भएको झडपमा महतोसहित केही नेता-कार्यकर्ता घाइते भएका हुन् । महतोको टाउकोमा चोट लागेको छ ।
झडपपछि भारतको नाकामा पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि धपाएको थियो ।
झडपपछि महतोसहितका घाइते भएका सबैजना भारततिरै लागेका बताइएको छ । – इमेजखबरमा समाचार छ ।