नवलपरासीको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष सम्म पनि कर्मचारीले तलब पाएनन्

नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष हुन थाल्दा पनि यहाँ कार्यरत स्थायी कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन् । 
 
सो कारखानामा कार्यरत झन्डै ३४२ कर्मचारीले चार वर्षदेखिको तलब नपाएका हुन् ।  देशकै सबैभन्दा ठूलो कागज कारखानाका रुपमा स्थापित कारखाना बन्द भएको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत सञ्चालकले कारखाना खोल्न सकेका छैन । 
 
यता यहाँ रहेका सामानसमेत मजदुरले उठाउन दिएका छैनन् । भृकुटीमा कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते तीन पटकसम्म वार्ता गरी तीनै पटक सम्झौता भए पनि कार्यान्वयन गर्न सञ्चालक तयार देखिएको छैन । रासस