भारतबाट आज न्यूनमात्रामा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।
आज दिनभरमा काँकडभिट्टा-पानीट्याङ्की नाकाबाट ८९ वटा मालवाहक गाडीमात्र नेपाल भित्रिए । यस्तै विराटनगर-जोगबनी नाकाबाट दिनभरमा २ ट्यांकर डिजेल, ६ बुलेट ग्यास, २ ट्रक औषधिसहित १६३ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा सुनौली नाकाबाट पनि आज ८० वटा मालवाहक गाडी नेपाल भित्रिए ।
नेपालगञ्ज-रुपैडिहा नाकाबाट १ बुलेट ग्याससहित ८७ वटा मालवाहक गाडी नेपाल भित्रिए ।
उता, धनगढीको गौरीफन्टा नाकाबाट बिना अबरोध गाडी नेपाल भित्रिरहेका छन् । तर वीरगन्ज-रक्सौल नाका भने अझै संचालनमा आउन सकेको छैन । इमेजखबरमा समाचार छ ।