जनकपुरमा मधेसी मोर्चाद्धारा विरोध प्रदर्शन, झडपमा पत्रकारसहित आधा दर्जन आन्दोलनकारी घाइते

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरस्थित रानी बजार भन्सार अगाडि  प्रहरीले गरेको आक्रमणको विरोधमा सोमबार जनकपुरमा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जानकी चौकी अगाडि झडप भएको छ । झडपमा पत्रकारसहित आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरीले पत्रकार रामहृदय यादव, अप्पन टिभीका पत्रकार आश्तिक साह र क्यामराम्यान राकेश मिश्रलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण लिएपछि जनकपुर क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जनाएको छ । – इमेजखबरमा समाचार छ ।