विगत पाँच महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्ररुप लिँदा सोमबार जानकी प्रहरीचौकीमा पेट्रोल बम प्रहार भएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरमा प्रहरीले गरेको लाठीचार्जपछि जनकपुरमा भइरहेको प्रदर्शनक्रममा सो घटना भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित मधेसकेन्द्रित दल तथा संघ-संगठनले चौकीमा बम प्रहार गरेपछि प्रहरीले दर्जन राउन्ड सेल अश्रुग्यास प्रहार गरेको छ ।
त्यस्तै, जनकपुरका विभिन्न चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा जितेन्द्र ठाकुर र जलेश्वरका मनिष गम्भीर घाइते भएका छन् ।
त्यसैगरी, मोर्चा र मधेस क्रान्ति संघर्ष समितिले जनकपुर-ढल्केवर सडकखन्डको लक्ष्मीनियाँमा प्रदर्शन गर्दै एक दर्जन सवारी