देशका विभिन्न नाकाबाट आज दिनभरीमा १९२ ट्यांकर इन्धन भित्रिएको छ । यसरी भित्रिएको इन्धनमा डिजेलको परिमाण बढी रहेको छ ।
कांकडभिट्टा-पानीट्याङ्की नाकाबाट आज दिनभरमा १३ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, १ ट्यांकर मट्टितेलसहित ११५ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
यस्तै विराटनगर-जोगबनी नाकाबाट दिनभरमा १० ट्यांकर डिजेल, ३ बुलेट ग्यास र १५३ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा-सुनौली नाकाबाट आज ५२ ट्यांकर डिजेल, १४ ट्यांकर पेट्रोल, १ बुलेट ग्यास, २ ट्यांकर मट्टितेल र १९९ वटा अन्य मालवाहक सवारी नेपाल भित्रिएका छन् ।
नेपालगञ्ज-रुपैडिहा नाकाबाट ४० ट्यांकर डिजेल, ५ ट्याङ्कर पेट्रोल, ७ ट्यांकर हवाइ इन्धन, ३ ट्यांकर मट्टितेल र ८२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
उता, धनगढीको गौरीफन्टा नाकाबाट पनि आज ३८ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेका छन् । इमेजखबरमा समाचार छ ।