प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलन अघिल्लो सरकारकै उपहार भएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार हिंसालाई संवाद र सहमतिबाट समाधान गर्दै मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न जुटेको दाबी गरे ।
मधेस आन्दोलन र सरकारका कामबारे सञ्चारमाध्यमको भूमिका सन्तुलित नरहेको भन्दै उनले स्वतन्त्र प्रेसले राज्यविरुद्ध भावना फैलाउने, हिंसाका पक्षमा लेख्ने, राज्यका विरुद्ध जनमत खडा पार्ने काम गर्न नहुने सुझाव दिए । जम्बो मन्त्रिमण्डल बनाएकोप्रति भइरहेको आलोचनामा उनले २०५ जना सांसद रहँदा नै ४९ सदस्यीय मन्त्रिमण्डल बनेको दृष्टान्त दिँदै उम्कनु खोजे । उनले भने, सरकार कुनै तत्वले पनि तत्काल ढाल्न सक्दैन ।
एक अर्को प्रसंगमा उनले आगामी एक वर्षमै लोडसेडिङ अन्त्य हुने दाबी गरे । प्रधानमन्त्री ओलीले एक वर्षमै लोडसेडिङ अन्त्य हुने दाबी गर्दै आए पनि दिन प्रतिदिन लोडसेङिको अवधि बढिरहेको छ ।
उनले एक वर्षमा लोडसेडिङ समाप्त पार्छु भन्दा केही मानिस आफ्नाविरुद्ध खिया लागेको क्याल्कुलेटर थिचेर कूतर्कमा अल्झेको टिप्पणीसमेत गरे । इमेजखबरमा समाचार छ ।