प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनको अन्त्य बढीमा १० दिनभित्र हुने दाबी गरेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले समस्या हल गर्न मधेसी मोर्चासँग औपचारिक तथा अनौपचारिकरुपमा वार्ता भइरहेकाले चाँडै नै निकास आउने जिकिर गरे ।
प्रदेश सीमांकनको सन्दर्भमा प्रधानमन्त्री ओलीले आवश्यताको आधारमा सीमांकन परिवर्तन हुनसक्ने बताए ।
विहीबार (भोलि) सुनसरी र झापामा हुने कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ गएका प्रधानमन्त्री ओली बुधबार इटहरीस्थित नेपाली सेनाको पूर्वीपृतना हेडक्वार्टरमा बसेका छन् । इमेजखबरमा समाचार छ ।