भारतमा चलिरहेको रेलको शौचालयमा जन्माएकी नवजात शिशु चिप्लिएर रेलको ट्रयाकमा खसेर पनि बाँचेकी छन्। उत्तर प्रदेश रेलवेका अधिकारीले एक नेपाली महिलाले सोमबार भोजपुरा रेलवे स्टेसननेर रेलको शौचालयमा छोरीलाई जन्म दिएकी थिइन्।
बच्ची खसेको थाहा पाएपछि उनकी अामाले चिच्याएर अरु यात्रीलाई खबर गरेकी थिइन्।
यात्रीले आपतकालीन चेन तानेर रेल रोकेका थिए। शिशु रेलबाट ट्रयाकमा खसेपनि शिशुलाई सामान्य चोटमात्र लागेको अधिकारीहरूले बताइएका छन्। रेल रोकिएपछि शिशु र अामालाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।
अामा र शिशुको सामान्य अवस्थामा उपचार भइरहेको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी, सेतोपाटीमा समाचार छ ।